वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

काठमाडौँमै मादक पदार्थ सेवन गरेर गाडि चालउछन स्कुलका बस चालक


  • बागमती प्रेस
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २४ पाठक संख्या
  • काठमाडौँ, १५ श्रावण । काठमाण्डौँ उपत्यका भित्र सञ्चालन हुने १६ वटा स्कुल बस कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले गएको एक हप्ता अगाडिदेखी सञ्चालन गरेको अभियान अन्तर्गत काठमाडौँका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरेको हो ।

    स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।

    स्कुल जस्तो संवेदनशील क्षेत्रका बालबालिका ओसार पसार गर्नै क्रममा समेत विभिन्न स्कुलका पाँच वटा चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको समेत भेटिएको छ ।
    आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट