वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

धादिङबेसी स्थित अरुण खोला उर्लिदा, टंकेश्वरको २ करोडको जस्ता बगायो


  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • ४६ पाठक संख्या
  • धादिङ । धादिङबेसी स्थित अरुण खोला गय राति उर्लदा खोला मिचेर बनाईएका अधिकांश भौतिक संरचनाहरुमा क्षेति पुगेको छ भने त्रिबेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेजको २ करोड बराबरको जस्ता पाता बगाएको छ ।

    टंकेश्वरका संचालक तिलक ढुंगानाका अनुसार ३ गाडी जस्ता बाहेक आफिस कोठामा रहेको दाराज, कम्प्यूटर समेत बगाएको छ । इन्सुरेन्स गरिएको यस कम्पनी सामाग्री सँगै चिल्ड्रेनपार्क बोर्डिङ स्कुल र यस आसपास देखि ओम शान्तिको भवन सम्म अरुण खोलाले क्षेति पुर्याएको छ ।

    नगरपालिकाले धादिङबेसी आसपासका अरुण खोला, आँसी खोला र थोपल खोला संरक्षण कुनै पहल नगर्ने र खोला मिचेर भौतिक संरचना खडा गर्न नगरपालिकाले अनुमति दिने गरेको छ । एक अधिकारकर्मी भन्छन्, विपत्ती राम्रो कुरा हैन तर खोला मिचेर भौतिक संरचना बनाउन नगरपालिकाले दिएपनि एक दिन पाँच दिनमा खोलाले आफ्नो स्वरुप देखाउँदा क्षेति हुने सामान्य हो । नगपालिकाले अझै खोला संरक्षणको नीति लिएन भने अझै ठुलो क्षेति हेर्न धेरै दिन कुर्नु पर्दैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट