वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

के प्रचण्ड चुनावपछिको प्रधानमन्त्री हो


  • बागमती प्रेस
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २१ पाठक संख्या
  • काठमाडौं, १५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई चुनावपछिको प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्न थालेका छन् । उनले सार्वजनिक रुपमै आफू चुनावपछि प्रधानमन्त्री बन्ने आशयका अभिव्यक्तिहरु दिइरहेका छन् ।

    प्रचण्डले १४ साउनमा पार्टीको प्रशिक्षण कार्यक्रममा आफूले राजनीतिको लाष्ट इनिङका रुपमा प्रधानमन्त्री बनेर सम्झनलायक कार्य गर्ने इच्छा प्रकट गरे । उनले काँग्रेससँग गठबन्धन हुने भन्दै आफू प्रधानमन्त्री बन्ने दाबी गरे ।

    यसअघि प्रचण्डले आलोपालो प्रधानमन्त्रीको विषय पनि उठाए । चुनावअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएको उल्लेख गर्दै चुनावपछि आफ्नो पालो रहेको प्रचण्डको संकेत थियो । विगतमा पनि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको सहमति बने अनुसार भएको थियो । यसपटक पनि यस्तै भद्र सहमति भएको विश्वस्त स्रोतले बताएको छ ।

    ‘भद्र सहमति’ अनुसार चुनावअघि देउवा र चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्नेछन् । तर, त्यसका लागि सत्ता गठबन्धनले बहुमत ल्याउनुपर्छ र प्रचण्डलाई काँग्रेसको पनि साथ मिल्नुपर्छ ।

    सत्ता गठबन्धनले चुनावमा बहुमत ल्याउन सजिलो भने छैन । गठबन्धनभित्रै व्यापक असन्तुष्टि छ । विशेषगरी नेपाली काँग्रेसभित्र असन्तुष्टि बढेको छ । धमाधम विद्रोहहरु हुन थालेका छन् । यसले चुनावी नतिजामा असर पर्न सक्छ ।

    गठबन्धनले बहुमत नै ल्यायो भनेपनि काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न उत्तिकै कठिन छ । देउवाले चाहँदैमा पनि नहुनसक्छ । काँग्रेसभित्र त्यतिबेला पनि अर्को विद्रोह हुनसक्छ ।

    सत्ता गठबन्धनमा प्रधानमन्त्रीका आकांक्षीमा एमाले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत छन् । सबैलाई मनाएर मात्र प्रचण्ड अगाडि बढ्न सक्छन् ।

    राजनीति सम्भावनाहरुको खेल हो । भविष्यबारे राजनीतिक पण्डितहरु फेल खान सक्छन् । तर, ‘भद्र सहमति’ अनुसार देउवापछि प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने हो । जुन गठबन्धनले बहुमत ल्याएर सहमति पालना भएमा मात्र सम्भव होला

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट