वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

धादिङका ईश्वर सहभागि नेपाली राष्ट्रिय टिमले आज माल्दिभ्सविरुद्ध खेल्दै


Thumbnail
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २५ पाठक संख्या
  • धादिङ । धादिङ खनियाबास गाउँपालिका इश्वर गुरुङ सहभागि नेपाली यू २० राष्ट्रिय टिम आज माल्दिभ्सविरुद्ध खेल्ने छ । कालिंगा रंगशालामा खेल दिउँसो नेपाली समय अनुसार ४ः१५ बजे सुरु हुनेछ ।

    च्याम्पियनसिपका लागि प्रशिक्षण राम्रो भएको उल्लेख गर्दै पहिलो खेलमै ३ अंक जोड्न प्रयास नेपाली टिम रहने कप्तान आयुष घलानले बताए ।

    नेपाली यू २० टोली
    गोलकिपर: इश्वर गुरुङ, युनेश चौधरी, जियारथ शेख
    रक्षक: अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइवा
    मिडफिल्डर: दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
    फरवार्ड: दीपेश राई, निराजन मल्ल, रोशन खड्गी

    साउन ११ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्ने नेपालले साउन १५ गते आयोजक भारतसँग खेल्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

    साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । आयुष नेपली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन् । आयुष सिनियर राष्ट्रिय टोलीका नियमित सदस्य समेत हुन् । आयुषले राष्ट्रिय टोलीका लागि ७ खेलमा १ गोल गरिसकेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट