वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

साउन १५ : खीरलाई ४४ करोडको दूध बिक्री


  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २७ पाठक संख्या
  • काठमाडौं । आज साउन १५ गते अर्थात् खीर खाने दिने । नेपालीहरुले साउन १५ गते खीर खाने गरेको छ । यो दिन बजारमा दूधको माग अत्याधिक हुने गरेको छ । दैनिक करिब ३२ लाख दूध खपत हुने नेपाली बजारमा साउन १५ गते एकै दिन ५२ लाख लिटरभन्दा धेरै दूधको माग भएको छ ।

    तर माग भएअनुसार सरकारी संस्था र निजी क्षेत्रले दूध दिन सकेका छैनन् । साउन १५ गते खिर खाने दिन भएकाले पनि यो दिन दूध अभाव हुने गरेको छ ।

    दुग्ध विकास संस्थान (डीडीसी) का अनुसार आज माग भएअनुसारको दूध दिन सकेको हो । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले माग अनुसार डीडीसीले दूध बिक्री गर्न नसकेको बताए ।

    उनले भने, ‘आज काठमाडौं उपत्यकामा मात्रै १ लाख ५० हजार लिटर दूधको माग रहेको थियो । तर हामीले १ लाख २८ हजार लिटर मात्रै दूध बिक्री गरेका छौं । देशभर हामीले १ लाख ६० हजार लिटर दूध बिक्री भएको छ । यो माग भन्दा केही कम हो । सरदरमा हामीले प्रतिलिटर ८६ रुपैयाँ प्रतिलिटर दूध बिक्री गर्ने गरेका छौं ।’

    आज डीडीसीले १३ करोड ७६ लाख रुपैयाँको १ लाख ६० हजार लिटर दूध बिक्री गरेको छ । उपत्यकामा बाहिर डीडीसीको आउटलेटले ३२ हजार लिटर दूध बिक्री गरेको झाले बताए ।

    नेपाल डरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले नेपालमा दैनिक ३२ लिटर दूध खपद हुँदै आएको बताए । नेपालमा ३१ लाख लिटर दूध बिक्री वितरण हुँदा पनि अझै ३ लाख लिटर दूध अपुग रहेको उनले जानकारी दिए ।

    दाहालले भने, ‘आज देशभर हामीले करिब ५० लाख लिटर दुध बिक्री गरेका छौं । नेपालमा ६२ लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादा भएको दूधमध्ये बजारमा ३२ लाख लिटर दूध आउने गरेको छ । बजारमा दूध थोरै भएर नै मागअनुसार दूध दिन सकिएन । सामान्य समयमा समेत दूध मागभन्दा ३ लाख लिटर कम दूध बिक्री हुने गरेको छ ।’

    नेपाल डेरी एसोसियसनले पनि प्रतिलिटर ८६ देखि १ सय प्रतिलिटरमा दूध बिक्री गर्ने गर्दछ । सरदर प्रतिलिटर ८६ रुपैयाँ नै मूल्य राख्ने हो भने पनि ५० लाख लिटरको ४३ करोड रुपैयाँको दूध साउन १५ गने अर्थात आज मात्रै बिक्री गरेको छ ।

    दैनिक ३ लाख लिटर माग भन्दा कम उत्पादन भएको बेला ५० लाख लिटर कसरी बिक्री हुन्छ ?

    सामान्य समयमा नै पनि नेपाली बजारमा ३१ लाख लिटर दूध बिक्री हुने गरेको छ । ३१ लाख लिटर दूध बजारमा बिक्री हुँदा पनि ३ लाख लिटर अपुग नै रहेको छ । तर आज एकै दिन नेपाल डरी एसोसियसनले ५० लाख दूध बिक्री गरेको छ । दाहालका अनुसार नेपालमा उत्पादन हुने गरेको ६२ लाखबाट पनि ३१ लाख लिटरभन्दा धेरै बजारमा आउने गरेको छ । खीर खाने दिन भनेर अन्य प्रयोजनमा प्रयोग हुने दूध पनि बजारमा आउँदा पनि केही सहज हुन्छ ।

    साउन १५ गतेका लागि केही दिन अघिबाट दूध स्टक राखेको र धुलो दूध र बटटको अन्य प्रकारको दूध पनि साउन १५ गते आउने भएर नै ५० लाख लिटर दूध बिक्री भएको दाहाल बताउँछन् ।

    नेपालमा पाउडर दुधको पनि ५ देखि १० प्रतिशत बजार रहेको दाहालले बताए ।

    साउन १५ गते मागअनुसारको दूध पूर्ति गर्न के गर्नु पर्छ ?

    नेपालमा साउन १५ गतेका लागि माग पुर्‍याउन पाउडर दूध आयात निश्चित समयको लागि खुल्ला गाराउनु पर्ने दाहाल बताउँछन् । नेपालमा पनि दूध उत्पादन वृद्धि गर्न सकिन्छ । सामान्य समय पनि माग भन्दा ३ लाख लिटर दूध कम बिक्री भएकोले नेपालको उत्पादन बजार अझै खपत हुने अवस्था रहेको छ ।

    साउन १५ गते किन खाइन्छ खीर ?

    वर्षा ऋतुका बेला साउन १५ मा खीर खाने पहिलेदेखिको चलन हो । झरीमा रुजेको शरीरलाई स्वस्थ्य राख्नको लागि पनि खीर खाने गरिन्छ । दूधमा मरमसला प्रयोग गरेर खीर खाँदा स्वास्थ्यलाई पनि राम्रो गर्ने विश्वास छ ।

    नेपाली समाजमा असार १५ गते दही चिउरा, साउन १५ गते खीर र जनैपूणिमामा क्वाँटी खाने प्रचलन रही आएको छ |

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट