वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

भूकम्पले भोजपुरमा एक घर क्षति


  • बागमती प्रेस
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २६ पाठक संख्या
  • भोजपुर : खोटाङको मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले भोजपुरका धेरै स्थानमा धक्का महसुस गरिएको छ।

    आइतबार बिहान करिब ८ बजेर १३ मिनेट जाँदा खोटाङको साकेला गाउँपालिका ५, मात्तिमविर्तालाई केन्द्र बनाएर गएको ६ रेक्टरस्केलको भूकम्पको धक्काले खोटाङ र भोजपुरका विभिन्न स्थानमा सामान्य क्षति भएको छ।

    भूकम्पले भोजपुर सदरमुकाम नजिकै रहेको टक्सारस्थित एक घर पूर्ण रुपमा क्षति पुगेको छ। भोजपुर नगरपालिका १२, टक्सारस्थित स्थानीय प्रमोद हलुवाईको घरमा क्षति पुगेको हो। हलुवाईको परिवार २१ वर्षअघि काठमाडौँ बसाईं गरेका कारण घरबाहेक कुनै पनि क्षति हुन नपाएको स्थानीय विमल रणपहेँलीले जानकारी दिए।

    ९ वटै स्थानीय तहका प्रभावित क्षेत्र केकति क्षति पुगेको भन्ने पूर्ण विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए। क्षति भएको विवरण आउनसाथ आवश्यक सामग्री र सुरक्षाको व्यवस्थामा आवश्यक पूर्वतयारीमा रहन सबै स्थानीय तहलाई जानकारी गराइएको प्रजिअ घिमिरेले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट