वेबसाईट बिक्रिमा

यो वेबसाईट बिक्रिमा छ, खरिदको लागि सम्पर्क नं. 9846617227

२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

धादिङमा ८० मध्ये ५७ एम्बुलेन्स संचालनमा, ५६ वटा ‘थर्ड क्लास’ का


Thumbnail
  • २०७९ श्रावण ११, बुधबार मा प्रकाशित १ साल अघि
  • २८ पाठक संख्या
  • धादिङ । धादिङ जिल्लामा ५० वटा एम्बुलेन्सले संचालन अनुमति लिएपनि जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा धादिङमा ६१ वटा एम्बुलेन्स संचालनमा रहेको देखिन्छ । तर अभिलेखमा रहेका २ वटा स्वर्गिय सानु बहादुर स्मृति समाज मलेखुको र भैरवी स्मृति संस्था पिडा गजुरी २ को एम्बुलेन्स विक्रि भैसकेका छन्, भने गुम्दी स्वास्थ्य चौकीको एम्बुलेन्स र अर्को एउटा विग्रियर बसेको छ ।

    धादिङमा हाल संचालनमा देखिएका ५७ वटा एम्बुलेन्स मध्ये जिल्ला अस्पतालको ५४८२ नम्बर एम्बुलेन्स नाम मात्रको ख वर्गको छ भने, अन्य सबै ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’का छन् । अस्पतालमा रहेको ‘ख’ वर्गको एम्बुलेन्सले पनि तोकिएको सेवा दिन सकेको देखिँदैन ।

    जिल्लामा ५७ मध्य १६ वटा एम्बुलेन्स सरकारी छन् । जसमा जिल्ला अस्पतालको दुई मध्य १ वटा मात्रै संचालनमा रहेको छ भने सल्यानटार प्राथमिक स्वस्थ्य केन्द्र सल्यानटारको दुई मध्य १ वटा मात्रै संचालनमा रहेको छ । संचालनमा रहेका एम्बुलेन्सहरुमा २५ वटा मात्रै ग्रामिण सडकमा सहज गुड्न सक्ने फोरह्वल एम्बुलेन्स छन् । एम्बुलेन्स दर्ता गर्दा सार्वजनिक निकाय होस् या ब्यक्तिगत, संस्थानका सबैले दुई वर्ष भित्र ‘ख’ वर्गमा स्तरोन्नती गर्ने प्रतिवद्धता गरेका हुन्छन् । तर अहिलेसम्म ‘थर्डक्लास’ बाट ‘सेकेण्ड क्लास’ मा स्तरोन्नति भएका छैनन् ।

    अब ‘ग’ वर्गको एम्बुलेन्सको अनुमति दिन नमिल्ने र ‘ख’ वर्गको मात्रै दिन सकिने व्यवस्था राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले ठोस गरे सँगै स्वास्थ्य कार्यालय धादिङले सबै स्थानीय तहहरुलाई जेष्ठ १८ गते सो जानकारी गराउँदै ‘थर्डक्लास’ का एम्बुलेन्सलाई बिरामी ओसार पोसार गर्ने साधन लेख्न र लेखिएको ‘एम्बुलेन्स’ हटाउन वा ‘क’ ‘ख’ वर्गमा स्तरोन्नती गर्न भनेको छ ।

    राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले एम्बुलेन्सलाई तीन वर्गमा बिभाजन गरेको छ । अनुसुची ४ को दफा (४) को उप दफा ३ अनुसार ‘क’ वर्गको एम्बुलेन्समा डाक्टर सहित अक्सिजन, नेभुलाईजेशन उपकरण, डेलिभरी सेट सहितका उपकरण जडान गरिएको हुनुपर्छ । त्यो अत्याधुनिक हुन्छ । ‘ख’ वर्गमा स्टाफ नर्स वा एचए तहका स्वास्थ्यकर्मी सहित उपचारका आवश्यक सामग्री हुनुपर्छ । ग वर्ग स्तर उन्नती नभएहरु पीटीभीका रुपमा रहने एम्बुलेन्स लेख्न नपाईने दिर्घ रोगी, डाईलेसिस गर्न, ड्रेसिङ गर्नको लागि घर देखि अस्पताल सम्म र अस्पताल देखि घर सम्म, विपदको समायमा पूर्व अस्पताल सेवालाई सूचारु गर्न वा प्रेषण केन्द्रले स्वास्थ्य सामाग्रीहरु विपद परेको ठाउँ सम्म ओसार पसार गर्न पीटीभीको रुपमा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

    धादिङका ५८ वटा एम्बसलेन्सहरुले ‘ग’ वर्गका अर्थात ‘थर्ड क्लास’ बाट स्तर उन्नती गर्न तयार होलान त ? एम्बुलेन्स चालन समाज धादिङका संस्थापक अध्यक्ष एवम् एम्बुलेन्स चालन भेषरान खाँडठकुरी भन्छन् सरकारले भनेर मान्नै पर्यो । स्तरउन्नती गर्न एउटा गाडीले ५ लाख भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ धादिङमा आधा पनि स्तरउन्नती हनुने बताउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट